दाङ । साउनको पहिलो साता सम्ममा दाङमा करिव ४० प्रतिशत मात्रै खेतमा धान रोपाई भएको छ ।
गतबर्ष यही सयममा करिब ६० प्रतिशत क्षेत्रफलमा धान रोपाई भएपनि यस बर्ष भने ४० प्रतिशत क्षेत्रमा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । जिल्लामा धान रोपाईका लागि आबश्यक बर्षा हुन नसकेको र रसायनीक मलको समेत प्रयाप्त आपुर्ति हुन नसक्दा धान रोपाईमा ढीलाई भएको किसानहरुको गुनासो छ । सिचाई कुलो नहुनु,बर्षात राम्रो सग नहुनु र डिएपी मलको अभाव हुनु धानखेतिमा ढिलाई हुनुको मुख्य कारण भएको किसानहरुको भनाई छ ।
दाङमा कुल ३६ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने खेत मध्य १९ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा कुलोवाट सिचाई हुने गरेको छ ।गत बर्ष जिल्लामा एक लाख ४९ हजार ६ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो ।
साउन १५ सम्म धान रोपाई सकिए पनि उत्पादनमा खासै असर नपार्ने कृषि बिज्ञहरुको भनाई छ । प्रयाप्त बर्षा नहुँदा तथा कुलोहरुमा पानी नुहुँदा समस्या भएको छ । रोपाईका लागि पानी नहुनु र व्याड छिप्पिने भएकाले उत्पादन घट्ने सम्भाबना रहेको कार्यालयका जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तिलक केसीले जानकारी दिए।
कृषि सामाग्री संस्थान तुलसीपुर केन्द्रका प्रमुख तिर्थराज न्यौपानेले जिल्लामा १० हजार मेट्रिक टन युरीया,८ हजार मेट्रिक टन डिएपी र १ हजार मेट्रिक टन पोटास आपुर्ति हुन सके सबै किसानलाई रासायनीक मल पुग्ने बताएका छन् । हाल सम्म ५० प्रतिसत धान खेतिका लागि पुग्ने गरि किसानहरुले रासायानीक मल खरिद गरिसकेको जानकारी दिए । उनले भने,यो अबधिमा गत बर्ष १५ सय मेट्रिक टन युरिया किसानहरुले खरिद गरिसकेका थिए भने यसपाली १६ सय मेट्रिक टन युरीया खरिद गरेका छन् । अब एक दुई दिनमा २ सय मेट्रिक टन युरिया खरीद गर्ने संम्भावना छ,न्यौपानेको भनाई । जिल्लामा युरीया र पोटास स्टक भएपनि डिएपी मलको समयमै आपुर्ति हुन नसकेको जानकारी दिए ।