मन्त्रिपरिषद् बैठक : निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
प्रकाशित २०७४ साउन ५ बिहिबार
444
Shares
काठमाडौं । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले ५ सदस्यीय क्षेत्र निर्धारण आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्र कुमार कार्कीले जानकारी दिए । उनका अनुसार आयोगका अध्यक्षमा पूर्वन्यायाधीश कमलनारायण दासलार्इ तोकिएको छ । सदस्यहरुमा भने माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की र सदस्य सचिव योगेन्द्र शर्मालार्इ तोकिएको छ ।
आयोगलार्इ २१ दिनभित्र प्रतिवेदन बुझाउने समय तोकिएको छ । स्थानीय तहको निर्वाचन पछि हुने प्रादेशिक र संघीय चुनावको लागि निर्वाचन क्षेत्रको निर्धारण गर्ने काम आयोगले गर्नेछ । साथै बैठकले सरकारले क्षेत्र निर्धारण आयोग गठन नगरेको भनेर आलोचना भर्इरहेको बेलामा सरकारले यस्तो निर्णय गरेको हो । त्यस्तै सरकारले मुख्य सचिव सोमलाल सुवेदीको राजीनामा स्वीकृत गरेको छ। सुवेदीको राजीनामा आएसँगै मुख्य सचिवको जिम्मा यसअघि नै राजेन्द्र किशोर क्षेत्रीले सम्हालिसकेका छन् ।