arrow

राजनीति एक दिन गर्ने चटके होइनःओली

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
kp_oli.jpg

काठमाडौं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताएका छन्। 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सातौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बिहिबार उद्घाटन गर्दै ओलीले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कुठाराघात हुनेखालको काम प्रायोजित रुपमा हुन खोजेको बताएका छन्  उनले भने“राजनीति एक दिन गर्ने चटके होइन, स्वार्थको खेल होइन, भ्रम फैलाउने पनि होइन, त्यस कारण लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम गर्नुहुँदैन ।” 

अध्यक्ष ओलीले तीन तहको निर्वाचन संवैधानिक व्यवस्थानुसार गर्नुपर्ने र त्यसका लागि सबै राजनीतिक दल इमान्दार हुनुपर्ने औँल्याएका छन् । उनका अनुसार, “नेपालको इतिहासलाई हेर्दा ऋषिमुनिहरुको योगदान कम छैन, भौगोलिक रुपमा हेर्दा विश्वकै अग्लो सगरमाथा यहीँ छ, तर त्यसअनुसार विकास हुन सकेको छैन ।” 

अध्यक्ष ओलीले विराटनगरबाट शुरु भएको नेपालको ट्रेड युनियन अहिले आएर प्रभावकारी भएको बताए, “स्थानीय तहको निर्वाचनमा जिफन्टबाट २२० जना प्रतिनिधि विजयी भएका छन्, यो हिजोको मजदुर आन्दोलनकै उपलब्धि हो ।” उनको भनाई छ 

जिफन्टका अध्यक्ष विष्णुप्रसाद रिमालले समाज परिवर्तन र विकास गर्न श्रमिकको ठूलो योगदान रहेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ