arrow

फेसबुकबाट साथी बनाई ठगी गर्ने तीन जना पक्राउ

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
facebook.jpeg

काठमाडौँ । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेँसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौँडा घर भई काठमाडौँ लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरेको हो । 

दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई करिब एक वर्ष अगाडिदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती नागरिक हुँ’ भन्दै एक व्यक्तिले कुराकानी गर्दै आएका थिए । 

भारतीय मोबाइल नम्बरबाट पीडित पौडेललाई ‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको छु, भारतीय नियमअनुसार कर तिर्नुपर्ने भयो’ भन्दै रकम माग गरेका थिए । 

सोपश्चात पटक–पटक गरी पौडेलले विश्वासमा परी आइएमई र बैंक खातामार्फत पक्राउ परेका व्यक्तिको खातामा रु ५५ लाख ८५ हजार रकम पठाएका थिए । 

रकम पठाएपश्चात् आफू ठगीमा परेको थाहा पाएपछि पौडेलले प्रहरीमा उजुरी गरेका थिए । उजुरीपश्चात् प्रहरीले ठगीमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ