काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कका सम्पादक युवराज घिमिरेले अन्नपूर्ण पोष्टको सम्पादक पदबाट राजीनामा दिएका छन् । शुक्रबारकै दिनदेखि लागू हुनेगरी आफूले अन्नपूर्णपोष्टको सम्पादकबाट राजीनामा दिएको हाम्राकुरालाई जानकारी दिए ।
उनले ३ वर्षसम्म आफू एउटै मिडियामा काम गरेकोले नयाँलाई पनि अवसर दिनुपर्ने भएकोले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । अब आफू अन्यत्र आवद्ध हुने भन्दापनि स्वतन्त्र लेखक बनेर बस्ने बताएका छन् ।