arrow

विपीको निवासलाई संग्रहालय बनाउन माग

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
BP.jpg

काठमाडौँ। नेपाली काँग्रेसका पूर्व सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको निवासलाई संग्रहालयको रुपमा विकास गर्नुपर्नेमा वक्ताले जोड दिएका छन् । नेपाल ट्रेड युनियन काठमाडौँले शुक्रबार कोइराला बसेको निवास मित्रपार्कमा आयोजना गरेको ‘चियापान’ कार्यक्रममा काँग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सत्ता बाहिर मात्र बिपीलाई सम्झने र सत्तामा पुगेपछि बिपीलाई बिर्सने क्रम बढेकोमा चिन्ता व्यक्त गरेका छन् । 

उनले भने, “बिपीको योगदानलाई काँग्रेसले उच्च मूल्याँकन गर्न सकेन ।” विश्वेश्वरप्रसाद कोइरालाको बारेमा विद्यावारिधी गरेका प्राडा कृष्णप्रसाद दाहालले बिपी सात वर्षको कलिलो उमेरदेखि राजनीतिमा लागेको स्मरण गराउँदै बिपीको योगदानलाई बिर्सन नहुने बताए। 

उनले नेपालका नेता बिपीको अमेरिकामा समेत शालिक रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय नेता भएको उल्लेख गरे। काँग्रेसका युवा नेता लोकेश ढकालले काँग्रेसले पछिल्लो समय बिपी कोइरालाको सिद्धान्त र आदर्शलाई बिर्सँदै गएको आरोप लगाए । 

नेपाल ट्रेडयुनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईले राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनामा बिपी कोइरालाको ठूलो योगदान रहेको बताए। २००३ सालमा नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका बिपी २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनको २०३९ साल साउन ६ गते आजैको दिन निधन भएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ