arrow

विभिन्न कार्यक्रम गरी विपी स्मृती दिवस मनाईयो

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
bpsmriti.jpg

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनार्इएको छ । नेपाली काँग्रेस मकवानपुरले जननायक कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेसका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा  सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको नेपाली काँग्रेस मकवानपुरका सूचना अधिकारी सुजन विडारीले बताए 

त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीको आयोजनामा मनाइएको बिपी स्मृति दिवस अन्तर्गत शुक्रबार बेलौरी नगरपालिका स्थित कालेश्वर महादेव मन्दिर परिसर, राना थारु साँस्कृतिक संग्रहालय परिसर र दोदा नदिको बगरमा बृक्षारोपण गरी संस्थापक नेता बिपीको स्मृति दिवस मनाइएको हो । काँग्रेस पार्टीका संस्थापक जननायक बिपीको प्रत्येक वर्षको साउन ६ गतेका दिन स्मृति दिवस काँग्रेसले मनाउदै आएको छ । क्षेत्रीय कमिटीका सभापति गोपी प्रसाद उपाध्याय को अध्यक्षतामा सम्पन्न स्मृती दिवसमा नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कमिटी सदस्य हरिचन्द्र राना प्रमुख अतिथी रहेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ