arrow

प्रधानमन्त्री नेता बाँस्तोलाको स्वास्थ्य बुझ्न अस्पतालमा, केही दिन सघन कक्षमा राखी निगरानी गर्नुपर्ने

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
chakra-bastola.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल गएका छन् । 

छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । 

सो क्रममा प्रधानमन्त्रीले बाँस्तोलाको अवस्थाबारे परिवारका सदस्यसँग जानकारी लिँदै उनको उपचारमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

शनिबारै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशाङ्क कोइरालालगायत नेता पनि बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको बाँस्तोलाका निजी सहयोगी राधाकृष्ण काफ्लेले जानकारी दिए । 

उपचारमा संलग्न चिकित्सक न्यूरो सर्जन डा प्रत्यूष श्रेष्ठले उनलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए । 

उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्वनडाइक्साइडको मात्रा राम्रो देखिएको भएपछि अझै केही दिन उनलाई सघन कक्षमा नै राखी निगरानी गर्नुपर्ने अस्पतालले जनाएको छ । 

विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्काघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् । । 

उनकी श्रीमती कुसुमले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताइन् । 

उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका खाना तरल बनाएर मात्र खुवाउने गरिएको छ । 

अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भएपनि प्रत्येक दिन चुनौतीपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा श्रेष्ठले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ