arrow

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो, छिनछिनमा अवरोध

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आइतबार बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । 

शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको थियो । दिउँसो ३ः५० बजे मुग्लिनबाट २ दशमलब ३ किमी नारायणगढतर्फ पहिरो खसेको हो । 

पहिरो पन्छाउने क्रममा राति ८ बजेबाट एकतर्फीरुपमा सडक सञ्चालनमा आएको भए पनि बिहानबाट मात्र पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । 

सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ । 

सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटकपटक पहिरो खसेपछि राजधानी प्रवेशको यो मुख्य मार्गहुँदै आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ