arrow

हाइड्रोजन बमको असर छैन : जापान

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
h-bomb.jpg.jpeg
टोकियो। उत्तर कोरियाले बुधबार गरेको हाइड्रोजन बमको विकिरणको असर जापानमा नदेखिएको बताइएको छ । जापानले गरेको अनुसन्धानबाट उसको क्षेत्रमा विद्यमान विकिरणको तहमा कुनै परिवर्तन भएको नपाइएको समाचारमा जनाइएको छ । जापान उत्तर कोरियाको छिमेकी देश भएकोले उत्तर कोरियाले गर्ने यस्ता आणविक परीक्षणका कारण निकै सम्वेदनशिल बन्ने गर्छ । 
 
यसअघि पनि उत्तर कोरियाले फ्याँकेका क्षेप्यास्त्रहरुका कारण जापानले निकै तनाव दिएको अभिव्यक्ति राख्दै आएको थियो । जापानको आणविक परीक्षण अनुगमनसम्बन्धी निकाय, एनआरएले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ–उत्तर कोरियाको सो परीक्षणका कारण जापानी भूमिमा त्यस्तो कुनै परिवर्तन देखिएको छैन । 
 
यसअघि बुधबार मात्र प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको जानकारी दिएको थियो । सो देशले बुधबार उक्त परीक्षण गरेको र सो परीक्षण सफल रहेको जानकारी पनि दिएको जनाइएको छ । उत्तर कोरियाले बुधबार हाइड्रोजन बम सफलतापूर्वक परीक्षण गरेको भनिएको यस समाचारले विश्वव्यापीरुपमा तरङ्ग नै पैदा गरिदिएको बताइएको छ । 
 
यसका साथै उसको यस कदमको विश्वव्यापीरुपमा निन्दा पनि गरिएको छ । त्यस्तै छिमेकी देश दक्षिण कोरियाले यसबाट उत्पन्न हुनसक्ने सुरक्षाको प्रश्न उठाएको छ भने जापानले उत्तर कोरियाको यस कदम क्षेत्रीय शान्ति खल्बलाउने माध्यम हो भनेको छ । दक्षिण कोरियाले यस बम परीक्षणपछि आवश्यक कदमका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई आग्रह पनि गरेको छ । सुरक्षा परिषद्ले पनि आवश्यक कारबाहीका लागि परामर्श सुरु भएको जनाएको छ ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ