arrow

मधेसी जनताको घाउमा मलम लगाउन पुगे विश्वप्रकाश

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
biswa_prakash.jpg

काठमाडौं ।  नेपाली काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको टोलीले आइतबार सप्तरीका बाढी पीडितहरुको घाउमा मलम लगाएको छ ।  गत साल झापाको मेचीनगरमा समपन्न भएको प्रथम राष्ट्रिय स्वास्थ महोत्सवको आयोजक टोली लिएर पुगेका शर्माको टोलीले सप्तरीका विभिन्न ठाँउहरुमा १ दिने शिविर आयोजना गरेको छ।

बढीले घरवारवहिन भएकाहरुको अव्यवस्थित बसोबासका कारण विभिन्न सरुवा रोग फैलने सम्भावनाको कारण सप्तरीको घाउमा मेचीनगरले मलम लगाउनुपर्ने जिम्मेवारी रहेको शर्माले बताए।

वृद्ध, बालबालिका हरुलाई विषेश प्राथमिकता दिएर शिविर सञ्चालन भएको थियो।  १३ जना चिकित्सक र करिव ६ लाख बराबरको औषधि बाँडिएको काँग्रेस महाधिवेशन प्रतिनिधि विजय डालमियले जानकारी दिए ।  शिविरबाट ३ हजार बढी स्थानीयले सेवा लिएका छन् ।

शर्मा सहितको टोलीले आईतबार विहान ७ बजे देखि बेलुकी ७ बजेसम्म स्वास्थ शिविर सञ्चालन गरेको थियो  ।

 

]

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ