arrow

कुकुरले टोकेको ३ महिना पछि जब रेबिज भएको थाहा भयो

logo
नारायण रिजाल,
प्रकाशित २०७४ साउन १० मंगलबार
dogbite.jpg

बागलुङ । केही दिन पहिले काठमाडौंबाट घरमा आएका जिल्लाको रायडाँडाका कमल बिश्वकर्मा उनको काठमाडौं पुन फर्कने सपना पुरा हुन सकेन । काठमाडौंको गोंगबुमा बसोबास गर्ने कमल माईक्रोको सहचालकको रुपमा काम गर्ने गर्थे गत बैशाखमा सडकमा हिडने क्रममा एउटा भुसिया कुकुरले टोक्यो तर उनले कुनै वास्ता गरेनन त्यसको असर तीन महिना पछि मात्र देखियो । उनि कुकुरले टोके पछि रेबिजको सुई लगाउनुपर्ने हो तर कुनै वास्ता नगर्दा उनको ज्यानै समेत गयो ।
 
साविकको रायडाँडा ३ हाल बागलुङ नगरपालिका वडा नं. ११ सिंधालीमा बाबा ताराबहादुर र आमा डालिमायाँको खोखबाट जन्मेका कमलले १९ वर्षको उमेरमा यो संसार छोडनु पर्‍यो ।  पन्ध्र दिन पहिले काठमाडौं बाट विरामी भएर आफ्नो घर रायडाँडा आएका कमलले मुखबाट र्‍याल छोडने, पानी देखी डराउने, गरेको र खानेकुरा निल्न गाह्रो भएको घाँटी दुखेको भनेपछि परिवारले गाउँमानै झारफुक गर्न तर्फ लागे तर परिवारको कुनै पनि सदस्यलाई यो रेबिजको लक्षण हो भन्ने कुरा थाहा भएन ।

 उनिहरु झारफुक गर्दा पनि छोरालाई निको नभएपछि बागलुङको धौलागिरी अंचल अस्पतालमा ल्याए त्यहाँ पनि उपचारमा अलि कठिनाई भए पश्चात उनलाई पोखराको फेवासिटी हस्पिटलमा लागियो । त्यती बेला सम्म पनि उनलाई यो रोग हो भन्ने थाहा नभएको कमलका आफन्त याम बहादुर विश्वकर्माले बताउँछन ।

हामीलाई पोखराको फेवासीटी हस्पीटल लाने बेला सम्म कुन रोग हो के भएको कुनै पनि थाहा भएन विश्वकर्माले भने, पछि फेवासिटी हस्पिटलमा डाक्टरहरुले कमलको मुख बाट र्‍याल आउने र उसको कुकुरको जस्तो व्यवहार देखाएको देख्दा कमललाई केही कुरा सोधे ।
 
डाक्टरले कमललाई तिमिलाई केही समय पहिले कतै कुकुरले त टोकेको हैन भनेरे प्रश्न गर्दा उसले गत बैशाखमा काठमाडौंको गोंगबमा एउटा भुसिया कुकुरले टोकेको बताएको थियो ।  त्यस पश्चात बल्ल थाहा भयो की उसलाई त्यती बेला टोकेको भुसिया कुकुरबाट रेबिज लागेको रहेछ ।
 
कमललाई त्यती बेला नै सरेको र विस्तारै शरिरमा त्यसको लक्षण देखिदै गएको रहेछ ।  उनलाई रेबिज लागेको थाहा पाए पछि गण्डकी हस्पिटलमा रिफर गरियो रिफर गरेको दुई दिनमा नै उनको ज्यान गएको उनका आफन्त याम बहादुर बिश्वकर्माले बताए ।

कमलको क्रियाकलाप देख्दा हामीलाई अचम्मै लाग्थ्यो उसले बेला बेलामा कुकुरको जस्तो व्यवहार देखाउँथ्यो रातमा नसुन्ते रातभरी बोल्ने,जस्ता गतिविधि देखाई रहन्थ्यो उपचारकै क्रममा उसलाई गण्डकी अस्पतालमा राखिएको थियो । शनिबार विहान करिब ३ बजेको समयमा ऊ एक्कासी कुकुर जस्तै भुक्ने गरेको र निकै गाह्रो भए जस्तो गरेको देखेपछि उसको आमा डालिमायाँ वि.क. उसको नजिकै गईन सोही समयमा उसले आमालाई कुकुरले झै व्यवहार देखाउँदै आफ्नो आमालाई टोक्यो र आमालाई टोकेको करिब १० घण्टा पछि शनिबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा उसको मृत्यु भएको आफन्त यामले बताए । ऊ आफु त रेबिजको शिकार भएर आफ्नो ज्यानै गयो उसले आफ्नो आमालाई समेत रेबिजबाट संक्रमण बनायो ।

आमा डालिमायाँको काठमाडौंको टेकु अस्पतालमा उपचार भईरहेको छ । साधारण परिवारको कमलले यदी समयमा नै ख्याल गरेर रेबिज बिरुद्दको सुई लगाएको भए ऊ मृत्युबाट जोगिने थियो । यदि कुनै पनि कुकुर बिरालाले टोकेको खण्डमा तुरुन्त लगाउनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका खोप प्रमुख बिरेन्द कुमार चौधरीले बताए ।

 उनले भने कुकुरले टोक्यो भने खोपको पाँच मात्रा पुरा लगाउनुपर्छ र उक्त कुकुरलाई निगरानीमा राख्नु पर्छ । रेबिज विरुद्दको सुई जिल्ला जनस्वास्थ्यबाट निःशुल्क पाईन्छ यस्तो खालको घटना आगामी दिनमा कसैलाई नघटुन समयमा नै ख्याल गरौ र रेबिज लाग्नबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔं ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ