arrow

हेटौंडामा दुई दिने आधारभुत तालिम सुरु

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ साउन १० मंगलबार
hetauda_news.jpg

हेटौँडा । हेटौडामा आजबाट दुई दिने आधारभुत तालिम सुरु भएको छ । सामुदायिक रेडियो सहयोग केन्द्र र नेपाल वातावरण पत्रकार समूहको संयूक्त आयोजनामा सुरु भएको २ दिने तालिमको म‌ंगलबार एक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिका उपप्रमुख मीना लामाले उद्घाटन गरिन् ।

प्रमुख अतिथी रहेकी उपमेयर लामाले उद्घाटन कार्यक्रममा बोल्दै मिडियाले राज्य र समाजलाई लाभ हुने काम गरेको बताउदै परिवर्तनका कार्यमा मिडियाको महत्वलाई वुझनुपर्नेमा जोड दिईन साथै उपमेयर लामाले संचारमाध्यमले  महिला र दलितका विषयलाई बाहिर ल्याउन सक्नुपर्ने भन्दै पत्रकारहरुलाई सो कार्यमा कलम चलाउन अनुरोध गरिन  । 

त्यसैगरी नेपाल पत्रकार महासंघका पुर्व केन्ıिय सदस्य प्रताप विष्टले नेपाली पत्रकारीता पहुचवालहरुको मुठ्ठीमा रहेको बताउदै महिला र दलितका बिषयको संचार माध्यमा न्युन कभरेज भएको बताउदै यस्ता तालिमको आवश्यक रहेको बताए ।  

नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईले यस्ता तालिमले क्रियाशील पत्रकारलाई दलित र महिलाको  क्षेत्रमा कलम चलाउन सहयोग पु¥याउने बताए । उद्घाटन कार्यक्रमामा विभिन्न संचार माध्यमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । 

मोटल एभोकाडोको सभाहलमा २ दिनसम्म चल्ने तालिममा  मकवानपुर सहित ईलाम मोरङ, अर्घाखाँची, सर्लाही, रौतहट गुल्मी लगायतका  जिल्लाका करिब ३५ जना सहभागी छन् ।  पत्रकारितामा पछाडि पारिएकाहरुको महिला र दलितका आवाजलाई कसरी उठाउने भन्ने बारेमा प्रशिक्षण दिईने नेपाल वातावरण पत्रकार समूहका कोषाध्यक्ष तथा तालिमका प्रशिक्षक सोमनाथ लामिछानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ