arrow

मन्त्रिपरिषद विस्तार : देउवाका १९ सारथी, कसलाई कुन् मन्त्रालय ?

काँग्रेसबाट महिला १, पुरुषकै हुल

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
Cabinet_news.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो सकसपछि मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त १९ जना मन्त्रीहरुले वुधबार अपरान्ह राष्ट्रपति कार्यालय सीतलनिवासमा सपथ लिए । देउवाको मन्त्रिपरिषद बल्ल समावेशी भएको छ ।

देउवाको मन्त्रिपरिषदमा अब दलित, महिलाको प्रतिनिधित्व भएको छ । मधेसी, जनजाति र मुस्लिमको पहिले नै प्रतिनिधित्व भइसकेको थियो । देउवा नेतृत्वको मन्त्रिपरिषदमा ३ जना महिला मन्त्री भएका छन् ।

सथप ग्रहणपछि मन्त्रीहरुले आ–आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहरण गरेका छन् । माओवादी केन्द्र र अन्य दलले समयमै मन्त्रीहरुको टुंगो लगाएपनि काँग्रेसभित्र मन्त्री बन्न तँछाडमछाड भएको थियो ।
कसलाई कुन् मन्त्रालय ?

कांग्रेसबाट
यज्ञवहादुर थापा– मन्त्री कानुन
वीरबहादुर वलायर– मन्त्री भौतिक पूर्वाधार तथा यातायात
मोहन बस्नेत– मन्त्री सूचना तथा सञ्चार
सञ्जय गौतम– मन्त्री सिँचाई
मीन विश्वकर्मा– मन्त्री वाणिज्य
अम्बिका बस्नेत– मन्त्री सहकारी तथा निवारण 
भीमसेनदास प्रधान– मन्त्री रक्षा
रामकृष्ण यादव– मन्त्री कृषि,
राजेन्द्र  कुमार केसी– मन्त्री युवा तथा खेलकुद
महेन्द्र यादव– मन्त्री खानेपानी तथा सरसफाइ
माओवादीबाट
गिरिराजमणी पोखरेल– मन्त्री स्वास्थ्य
महेन्द्रवहादुर शाही– मन्त्री उर्जा
टेकबहादुर बस्नेत– मन्त्री सामान्य प्रशासन
शिवकुमार मण्डल– मन्त्री आपूर्ति
आशा कोइराला– मन्त्री महिला बालबालिका तथा समाज कल्याण
सन्तकुमार थारु चौधरी– मन्त्री पशुपंछी विकास
लोकतान्त्रिक फोरमबाट
जितेन्द्र देव– मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डन
गोपाल दहित– भूमिसुधार तथा व्यवस्था
नेकपा संयुक्तबाट
मिथिला चौधरी– जनसंख्या तथा वातावरण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ