arrow

रक्षामन्त्री प्रधान जनआन्दोलनका कमाण्डर गणेशमान र शहिद सम्झदै पुगे शान्तिवाटीका

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
Bhimshendas-pradhan.jpg

काठमाडौं।  नवनियुक्त रक्षा मन्त्री भिमसेनदास प्रधान जनआन्दोलनका कमाण्डर गणेशमान र सबै लोकतान्त्रिक आन्दोलनमा जीवन गुमाएका शहिदहरु सम्मान अर्पण गर्न शान्तिवाटीका पुगेका छन्। 

नेपाली काँग्रेस काठमाडौंका पूव सभापति रहेका प्रधानकै सक्रियतामा रत्नपार्कस्थित शान्ति वाटीकामा गणेशमानसिंहको पूर्ण कदको प्रतिमाका साथै सहिदहरुको स्मृति शीलालेख तयार गरिएको थियो। 

मन्त्री भएकै भोलिपल्ट रक्षा मन्त्री प्रधान आफ्नै क्रियाशिलतामा शान्तिवाटीकामा  निर्माण भएको गणेशमानसिंहको प्रतिमा स्थलमा पुगेर उनीसहित ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

मन्त्री प्रधानले शान्तिवाटीका विरुवा रोपेका थिए। शान्तिवाटीका पुगेका मन्त्री प्रधानलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्वागत गरेका थिए। प्राध्यापक संघका पूर्व सभापति समेत रहेका प्रधानलाई प्राध्यापक वुद्धिजीवी तथा नागरिक अगुवाहरुले स्वागत गरेका थिए। 

कार्यक्रममा उनले संविधान कार्यान्वयनको जिम्मेवारी लिएर आएको सरकारको ध्यान बाँकी रहेको स्थानिय तहको निर्वाचन र संघीय र प्रदेश निर्वाचनमा केन्द्रीत हुने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ