arrow

वीर अस्पतालले मनायो १ सय २८औं वार्षिकोत्सव, रुप फेरिँदै

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
deuba_bir.JPG

काठमाडौं । वीर अस्पतालले १ सय २८औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा अस्पतालले प्रधानमन्त्रीसहित भरखरै नियुक्त भएका मन्त्रीहरुलाई भेला गराएको छ ।

वार्षिकोत्सव समारोहमा  प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताए । प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको प्रष्ट्याएका छन् ।

प्रधानमन्त्री देउवाले वीर अस्पतालको क्षमता वृद्धिका लागि आवश्यक सबै खाले  व्यवस्था गर्ने बचन समेत दिए । वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको समेत देउवाले सुनाएका छन् ।
प्रधानमन्त्री देउवाले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न वीर अस्पतालमा कार्यरत चिकित्सकहरुलाई सुझाए ।

१९५९ सालमा स्थापना भएको वीर अस्पताल मुलुकको सबैभन्दा पूरानो र ठूलो सरकारी अस्पताल हो । प्रधानमन्त्री देउवाले अस्पतालले गुणस्तरीय जनशक्ति निर्माणमा समेत अतुलनीय योगदान दिँदै चर्चा गरे । समारोहमा नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र पूर्व स्वास्थ्यमन्त्री गगन थापा सहभागि भए ।

कार्यक्रममा बढी जसो काँग्रेसका नेताहरु सहभागि भए । वीर अस्पताल गरिबहरुले उपचार गर्ने अस्पताल भनि चित्रित भएकामा अघिल्लो सरकारका मन्त्री गगन थापाले भीआइपीले उपचार गर्ने स्तरको व्यवस्थापन गरिदिएका छन् । अहिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका नेता पोखरेलले तेस्रो पटक जिम्मेवारी पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ