arrow

पाँचौंपटक नाग पञ्चमीका दिन देशभर रक्षाबन्धन गरिँदै 

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
nagpanchami-janai-purnima.jpg

काठमाडौं । लिखित इतिहासको सुरुवात भएपछि पहिलो अहिलेसम्म पाँचौं पटक शुक्रबार देशभर नागपञ्चमीको दिन रक्षा बन्धन गरिँदै छ । शास्त्रीय विधिपूर्वक दियो कलश र गणेश स्थापना गरेर ताम्रपत्रमा विधिपूर्वक पूजागरी रक्षा बन्धनलाई ग्रहण गर्ने गरिएको छ । पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम डोरो लगाउनु मात्रै रक्षा बन्धन नभएको भन्दै एक वर्षको लागि समस्या पूरा गर्ने रक्षा बन्धन लगाउने स्पष्ट पारे । उनले लिखितरुपमा प्रमाण भेटिए अनुसार अहिलेसम्म पाँचौं पटक रक्षाबन्धन पञ्चमीको दिन गरिएको बताए । 

यस अघि पनि वि सं १९६३, १९८२, २०२८ र २०७४ सालमा पनि यसैगरी श्रावण शुक्ल पुर्णिमामा ग्रहण लागेर पञ्चमीका दिन रक्षाबन्धन गरिएको इतिहास छ। उनले उपाकर्मका लागि जाति विशेषको मान्यता रहेको भएपनि रक्षाबन्धन आममानवले गर्नुपर्दछ। जनै तागाधारीजातिहरु ब्राह्मण, क्षत्री र बैश्य जातीको लागि हो भने रक्षा बन्धन सबै जातिको लागि हो । 

यस वर्ष श्रावण शुक्लपुर्णिमा साउन २३ गते परेको  भएपनि त्यस दिन चन्द्र ग्रहण लाग्ने भएकोले यो कर्म पञ्चमीको दिनको लागि सारिएको हो । मध्य रात भन्दा पहिला लाग्ने अवस्थामा जनै पूर्णिमाको दिन गरिने उपाकर्म, रक्षा बन्धन आदि काम पञ्चमीका दिन गर्नु भन्ने मान्यता रहेकोले यस वर्षपनि पञ्चमीको दिन गरिएको हो ।  तर जात्रा उत्सव श्राद्द दान गर्नभने ग्रहण लागेको भएपनि पूर्णिमाकै दिन उपयुक्त हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ