arrow

राप्रपाले ७ वटै प्रदेशमा सनातन धर्म सम्मेलन  गर्ने

तत्काल सरकारमा नजाने

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
raprapa--new.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुक्रबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले  तत्काल वर्तमान सरकारमा नजाने निर्णय गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा सुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । 

स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा भदौ भित्र  अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिएका छन् । प्रदेश १ को झापा, ३ को हेटौँडा, ४ को पोखरा, ५ नेपालगञ्ज, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अधिवेशन गरिने र प्रदेश नं २ मा चुनाव पश्चात् अधिवेशन गर्ने निर्णय गरेको छ । 

पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंसिरभित्र सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिका र प्रदेशमा हिन्दूराष्ट्र जागरणसभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । 

आगामी भदौभित्र सातै प्रदेशमा वृहत सनातन धर्म सम्मेलन आयोजना गरिने कार्यक्रम समेत रहेको राप्रपाले जनाएको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने जनाइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ