arrow

पाँचथरमा टाटा सुमो दुर्घटना, १४ जना घाईते, ३ को अवस्था गम्भिर

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन १३ शुक्रबार
panchtar_accident.jpg

 पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ सारान्थामा शुक्रबार भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुनेमा फालेलुङ गाउँपालिका–५, का ३१ वर्षिया रमिला खपाङगी, उनकी ३ बर्षीय बच्चा, फालेलुङ  गाउँपालिका ४ का ५२ वर्षिय तेज बहादुर गुरुङ र उनका छोरा १३ बर्षीय समिप गुरुङ, हिलिहाङ ७ का २७ वर्षीया मिरा तामाङ, ६ का हेमराज खनाल रहेका छन् ।
 
त्यस्तै फालेलुङ २ का १८ वर्षीय बल बहादुर खत्री, फालेलुङ ४ का २० वर्षीय दावा गुरुङ, २२ वर्षीय निमा गुरुङ, २६ वर्षीय भाइचुङ गुरुङ, फालेलुङ ३ का ४० वर्षीय बल बहादुर राई, हिलिहाङ ६ का ७१ वर्षिय भानुभक्त खनाल र चालक फिदिम ३ सुम्निमाका बिक्रम राई रहेका छन् । त्यस्तै घाइते एक बच्चाको भने पहिचान हुन बाँकि रहेको बताइएको छ । घाइतेमध्ये रमिला खपाङ्गी र उहाँको बच्चा साथै चालक राईलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य केही घाइतेहरुको पनि रेफरको तयारी भइरहेको बताइएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

सदरमुकाम फिदिमदेखि मेमेङ तर्फ जाँदै गरेको मे १ ज १८९२ नम्बरको टाटा सुमो बिपरित दिशाबाट आइरहेको गाडिलाई साइड दिने क्रममा सडकदेखि करीब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ