arrow

७ प्रदेशमा ७ उपत्यका सहित ८ पृतना स्थापना हुने

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
bhimsendas_pardhan.JPG

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्डर छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रुत मार्गले तोकिएको समयावधिभित्रै पूर्णता पाउने बताएका छन् । 

सुक्रबार आयोजित साक्षात्कारमा उनले सेनालाई विकास निर्माणको थप जिम्मेवारी दिन कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै मुलुकका विकट क्षेत्रका सडक निर्माणमा सेनाले गर्दै आएको कार्य मूल्यांकनका आधारमा राजधानीसँग तराई–मधेसलाई जोड्ने छोटो दूरीको द्रुत मार्ग निर्माणको जिम्मेवारी दिइएको पारेका छन् । 

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सेना खटाइने गरेको इतिहासको स्मरण गराउँदै रक्षामन्त्री प्रधानले दुई चरणको स्थानीय तहको निर्वाचनपछि चुनाव भाँड्छौँ, हुन दिन्नौँ भन्ने पक्षले चुनावमा भाग नलिँदा कति क्षति हुँदोरहेछ भन्ने बुझिसकेको बताएको छ । 


रक्षामन्त्री प्रधानले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै नेपाली सेनाको संरचना त्यसअनुरुपको बनाउने सन्दर्भमा सात प्रदेशमा सात र काठमाडौँ उपत्यकामा एक पृतना स्थापना गर्ने कार्य अघि बढिसकेको जानकारी दिएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ