अबको पाँच वर्षमा नेपालले बाघको संख्या २४२ पुर्याउला त ?
प्रकाशित २०७४ साउन १४ शनिबार
270
Shares
सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा नेपालमा २०२२ सम्ममा बाघको सङख्या दोब्बर पार्ने लक्ष्य प्रस्तुत गरेका थिए ।
सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा १९८ रहेका छन् , जसमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छन् । बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहकोमा अहिले बढेर ६२ पुगेको छ ।
बाघको चोरी शिकार वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या समाधान हुन सके २०२२ सम्ममा तोकिएको सङख्यामा बाघको सङख्या पुग्ने मा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल ढुक्क छन् ।
बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छ । बाघ जहाँ छ, त्यो वातावरण स्वस्थ हुन्छ । त्यसैले सनिबार सातौँ विश्व बाघ दिवशलाई ‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मी केन्द्रित भएका छन् ।
यही वर्ष नेपाल र भारत दुवै देशले एकैसाथ बाघको गणना गरेर तथ्याँक निकाल्दै छन् । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने सहायक संरक्षण अधिकृत अर्याल बताए ।
बाघको संख्या बढाउन उसको बासस्थानसँगै आहाराप्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रित हुनुपर्छ । रासस