-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रसुवा । ऋषितर्पणी तथा रक्षाबन्धनमा गोसाइँकुण्ड पुग्ने तीर्थयात्री बोक्ने हेलिकप्टरहरु प्रतिकूल मौसमका कारण उड्न सकिरहेका छैनन् ।
एअर डाइनेस्टी, हेलि अल्टिच्युड, हेलि एभरेष्ट, श्रीएअरलाइन्सलगायत कम्पनीका करिब २० उडान रद्द भएका छन् ।
प्रतिउडान पाँच जनाको दरले उडान भर्ने कार्यतालिका रहे पनि विमानस्थलमा पुगेका यात्रुहरुलाई प्रतिकूल मौसमले घर फर्काइदियो ।
कतिपय यात्रुले फ्लाइट बुकिङ थाती राखेर मौसम अनुकुल भएपछि साउन २३ श्रावणशुक्ल पूर्णिमाभित्र गोसाइँथान जान प्रतिक्षा गरिरहेका छन् ।
गोसाइँकुण्डमा गङ्गादशहरा र जनैपूर्णिमाबाहेक अन्य समयमा पनि यात्रुहरु हेलिकप्टर बुकिङ गरी पुग्ने गर्दछन् ।