arrow

स्याङ्जामा स्वाईन फ्लुको त्रास, रोग तथा नियन्त्रण महाशाखाको टोलीले के गर्‍यो ?

स्वाईनफ्लुको वारेमा टोल, टोलमा सचेतना

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन १४ शनिबार
syangja-flue.png

स्याङ्जा । स्याङ्जामा एक हप्ता अगाडी स्वाईन फ्लुका कारण मृत्यू भएको खवर सार्वजनिक भएपछि सर्वसाधरणमा त्रास फैलिएको छ । जिल्लामा स्वाईन फ्लु भएको खवर रोग तथा नियन्त्रण महाशाखामा पुगेपछि टोली समेत आइपुगेको छ । टोलीले वालिङ र आसपासका ग्रामिण क्षेत्रको अध्ययन अवलोकन र मौसमी रोग लागेका विरामीहरुको परिक्षणका लागि रगत र खकार संकलन गर्ने काम समेत गरेको छ । दैनिक ज्वरो, रुघाखोकी, टाउको दुख्ने लक्षण देखिएका बिरामीहरुको चाप र केही दिन अगाडी स्वास्थ्य केन्द्रमा उपचार पछि पोखरा हुदै काठमाण्डौमा उपचार गरिरहेका स्थानीयको मृत्यू भएपछि स्वाईन फ्लुको रोगथामको उपाय अगाडी बढाइएको छ ।

शनिबारबाट टोलीले स्वास्थ्यकर्मी, पत्रकार र पिडित परिवारसगँ संयुक्त छलफल पछि जुन ठाँउमा बढी ज्वरोका विरामी, रुघाखोकीका विरामी छन् सो ठाँउका व्याक्तिहरुको रगत र खकारलाई संकलन गरी काठमाण्डौं प्रयोगशालामा पठाउने कामलाई तिब्रता दिएको छ । अहिलेसम्म शंका लागेका १० जना विरामीको रगत र खकार संकलन गरिएको माहामारी रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताए ।

सबै आत्तिहाल्नु पर्ने अवस्था छैन महाशाखाका अधिकृत लामिछानेले भने,“यो समयमा इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्छ तर यस्ता रोगबाट बच्ने उपाय अपनाउनु र प्रचार प्रसार गर्नु आवश्यक छ ।” लामो समय ज्वरो, रुघाखोकी, टाउको दुख्ने समस्या आयो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्छ उनले भने ।

स्वाईन फ्लु भेटिएको खवर बाहिर आए सँगै स्याङ्जावासीमा त्रासको वातावरण देखिएको थियो । काठमाण्डौंबाट टोली आएपछि भने अहिले सामान्य बनेको छ । आशंका लागेका विरामीको रगत र खकारको परिक्षण पछि कस्तो रिर्पोट आउने छ त्यसपछि मात्रै स्याङ्जामा स्वाईन फ्लुको अवस्था बारे थाहा हुने चिकित्सकहरुको भनाई रहेको छ । सबै नागरिकहरुलाई मास्क लगाएर हिडडुल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले पनि मौसमी रोगबाट बच्नका लागि ठाँउ ठाँउमा सचेतना कार्यक्रम गर्ने जनाएको छ । जनस्वास्थ्य अधिकृत यामप्रसाद शर्माका अनुसार वालिङमा स्वाईन फ्लु भेटियो भन्ने खवर थाहा पाए लगत्तै विभाग बाट समन्वय गरी अनुसन्धानका लागि टोली पठाउन पहल गरिएको बताए ।

केहीदिनमा वालिङमा स्वाईन फ्लु रोग देखिएको हो वा होइन भन्ने विषयमा पत्ता लाग्ने अधिकृत शर्माले बताए । सबै स्याङ्जावासी स्वाईन फ्लु भेटिएको खवरले त्रासमा नरहन र सर्तक रहन भने जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
नडराउनु है ः स्याङ्जाको वालिङमा स्वाईन फ्लु भेटिएको खवर सार्वजनिक भएपछि स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका विरामीको रगत संकलन गर्दै स्वास्थ्य कर्मी । काठमाण्डौंबाट आएको टोलीले पहिलो दिनमा १० जनाको रगत र खकार संकलन गरी काठमाण्डौं पठाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ