arrow

मन्त्रीले नै भनेपछि सक्किगो नि ! : माग्नेलाई भत्ता दिन सकिँदैन

वृद्ध भत्ता पनि दोब्बर, तेब्बर दिन सकिँदैन

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
mantri_mahila.jpg

भक्तपुर । महिला तथा बालबालिका मन्त्री आशा कोइरालाले माग्ने जति सबैलाई सरकारले भत्ता दिन नसक्ने बताएकी छन‍् ।

भक्तपुरको लोकन्थलीमा अग्रज समाज नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा उनले विभिन्न समूहले भत्ता माग गर्दै आएको अवस्थामा विकास बजेट काटेर भत्तावितरण गर्न नसकिने बताएकी हुन् ।

उनले भनिन्–“सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिँदै आएको छ, अब बेरोजगार भत्तादेखि विभिन्न समूहले भत्ता माग्न थालेका छन्, मागे जतिलाई भत्ता वितरण गर्ने हो भने विकास बजेट सकिन्छ, देशको विकास अड्किन्छ ।”

राज्यले ज्येष्ठ नागरिकको संरक्षणको दायित्व लिनुपर्ने औल्याउँदै उनले ज्येष्ठ नागरिकलाई पनि दिँदै आएको भत्तामा वृद्धि गरेर दोब्बर, तेब्बर भत्ता दिनसक्ने अवस्थामा सरकार नरहेको बताइन् ।

कार्यक्रममा उनले भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारलाई सम्मान गरिन् । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले ज्येष्ठ नागरिकलाई बोझ मान्ने परिवार बढ्दै गएको अवस्थालाई रोक्न नसके भयावह हुनसक्नेमा सचेत हुनुपर्ने बताइन् ।

अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले जुनसुकै सरकारले पनि ज्येष्ठ नागरिकको मागलाई सम्बोधन नगर्ने र आश्वासन मात्रै दिने गरेको भन्दै रोष प्रकट गरिन् । केही दिन अघि मात्रै संसदले वेरोजगार भत्ताको व्यवस्था हटाएर अनुदानमा आधारित सामाजिक सुरक्षा विधेयक पारित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ