धनुषा । नेपाली काँग्रेसले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिको भेला सुरु गरेको छ । काँग्रेसले आफ्नो मुख्य आधार मान्दै आएको २ नम्बर प्रदेशमा स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रचार–प्रसार अभियानलाई व्यवस्थित गर्न बनाएको प्रचार समितिको प्रदेश स्तरीय विशेष भेला शनिबार जनकपुरधामबाट प्रारम्भ भएको हो ।
भेलामा २ नम्बर प्रदेशका आठ वटै जिल्लाका नेपाल प्रेस युनियनका सभापति, सचिव र हरेक जिल्लाका प्रचार–प्रसार समितिका संयोजक सहित सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसदहरु सहभागि भएका छन् ।
भेलाले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रचार–प्रसार कार्यलाई सुव्यवस्थित गराउने सम्बन्धमा छलफल गरी विभिन्न निर्णय लिने बताइएको छ ।