arrow

स्थानीय तह निर्वाचनलाई जीवन मरणका रूपमा लिनुपर्छ : निधि

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
bimalendra_nidhi_final.jpg

जनकपुरधाम । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले असोज २ गते हुने स्थानीय तहको निर्वाचनलाई नेपाली कांग्रेसले जीवन मरणका रूपमा लिनुपर्ने बताएका छन् ।  

नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिद्वारा शनिबार जनकपुरधाममा आयोजित २ नं प्रदेशस्तरीय प्रचार प्रसार विशेष भेलामा उनले दुई नम्बर प्रदेशमा कांग्रेसले एकसय सिट जित्ने लक्ष्य राख्नुपर्ने धारणा राखे।

निधिले संविधान संशोधनका लागि कांग्रेस र नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध भए पनि केही दलको अविश्वसनीय अवस्थाका कारण निर्णायक क्षणमा प्रवेश गर्न चिन्तन मनन भइरहेको जानकारी दिए ।

केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचन कांग्रेसको इज्जतसँग गाँसिएको धारणा राखे।  

केन्दीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले मधेस भनेको कांग्रेस र कांग्रेस भनेको मधेस प्रमाणित गर्नुपर्ने खाँचो औंल्याए ।

प्रचार प्रचार उपसमितिका संयोजक रमेश लेखकले २ नम्बर प्रदेश कांग्रेसका लागि आधारभूमि र भरोसाको केन्द्र भएको प्रसङ्ग उल्लेख गरे।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवले कांग्रेसलाई पहिलो स्थान प्राप्त गर्ने पार्टी बनाउन सबै एक ढिक्का भई अग्रसर हुनुपर्ने धारणा राखेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ