arrow

देउवा र ओलीले टेलिफोनमा वातमारे, के हामी भेट्न सक्छौँ ?

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
deuba-kp_oli.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन वार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच अब उपयुक्त समय मिलाएर भेट गर्ने कुरा भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका एक सहयोगिले भने, ‘टेलिफोनमा कुरा भएको हो । दुबै नेताले समय मिलाएर भेटौँ भनेका छन् ।’  

टेलिफोन वार्तामा प्रदेशसभा र संघीय संसदको निर्वाचन एकै चरणमा गर्नेबारे समेत कुरा भएको छ । शुक्रबारमात्रै चीनबाट फर्किएका ओलीले पत्रकारहरुसँग पहिले केन्द्रको चुनाव हुनुपर्ने बताएका थिए । सरकारले एकै पटक प्रदेश र केन्द्रको चुनाव गर्नु पर्ने भनिरहेको छ । टेलिफोन वार्तामा दुई नेताले आगामी मंसिरभित्रै एकै चरणमा दुई निर्वाचन गर्नेबारे कुरा गरेका बताइएको छ ।

दुई नेताहरुबीच टेलिफोनमा लामो कुराकानी भएको थियो । संविधान संशोधन प्रस्ताव तत्काललाई थाँती राख्नेबारेमा पनि कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले एकै चरणमा दुई निर्वाचन गर्न असम्भव रहेको बताएपनि फेरि आयोगले एकै चरणमा गर्न सकिने संकेत दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले समेत एकै चरणमा निर्वाचन गराउनेबारे आयोग तयार संकेत गरेका छन् । आयोगको संकेतपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन्  । एकै चरणमा निर्वाचन गराउन भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत प्रधानमन्त्री देउवालाई दबाब दिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ