arrow

काँग्रेसभित्रको आगो : सांसदलाई नै पार्टीबाट निकाल्न सिफारिस

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
cong-new.jpg

कैलाली । नेपाली काँग्रेस गोदावरी नगर कार्य समितिले स्थानीय तह निवार्चनमा  अर्न्तघात गरेको भन्दै सांसदलाई समेत पार्टीको साधारण सदस्य नरहने गरी निस्कासन गर्न सिफारिस गरेको छ ।

नगर कमिटीको बैठकले पार्टी हित विपरीत काम गरेको भन्दै कैलाली क्षेत्र नम्बर ५ का सांसद दिर्घराज भाटसहित ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्न सिफारिस गरेको हो ।

नगर कमिटीले जिल्ला कार्यसमितिलाई गरेको सिफारिसमा सांसद भाटसहित महाधिवेशन प्रतिनिधि उत्तम कठायत, जिल्ला कार्यसमिति सदस्य बसन्त रोकाय, पूर्व क्षेत्रीय सदस्य धनिराम पनेरु, किसान संघ जिल्ला अध्यक्ष टिकादत्त जोशी र महाधिवेशन प्रतिनिधि रामचन्द्र ओझालाई कारबाही गर्न भनेको छ ।

नगर सभापति हेमप्रकास उप्रेतीले हस्ताक्षर गरेको सिफारिस पत्रमा केन्द्रीय पार्टी सभापति र महामन्त्रीलाई बोधार्थ दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ