arrow

जुम्लाको जिल्ला समन्वय समिति प्रमुखमा सार्की निर्विरोध, काँग्रेसको सहयोग

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
Jumla_District.png

जुम्ला । जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा माओवादी केन्द्रका लालबहादुर सार्की निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्र र नेपाली काँग्रेसको सयुंक्त उम्मेदवारका रुपमा सार्की प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका पार्टी सचिव कार्मा बुढा निर्वाचित भए । समितिमा माओवादी केन्द्रका प्रमुखसहित छ जना र नेपाली काँग्रेसका उपप्रमुखसहित तीनजना गरी नौ सदस्यीय समन्वय समिति गठन भएको सहायक निर्वाचन अधिकृत ईन्द्रबहादुर खड्काले जानकारी दिए ।

यसैगरी, सदस्यमा माओवादी केन्द्रबाट कमल खत्री, नवीन घर्ती, नरेन्द्रबहादुर कठायत, कल्पना दमाई र हिमाली नेपाली र नेपाली काँग्रेसका तर्फबाट जयराज भारती र पुष्पा कुँडारा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जुम्लामा नेकपा माओवादी केन्द्र प्रमुख तीन, उपप्रमुख पाँचगरी आठ, नेपाली काँग्रेस चार प्रमुख र दुई उपप्रमुखगरी ६ र नेकपा एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ