arrow

सीपी मैनालीका चार केन्द्रीय सदस्यसहित एक हुल नेता फोरममा प्रवेश

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
upendra.jpg

काठमाडौँ । सीपी मैनाली नेतृत्वको मालेका प्रभावशाली नेताहरुको एक समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । मालेका अध्यक्ष सीपी मैनाली चरम आर्थिक लाभमा डुबेको र पार्टीको नीति तथा सिद्धान्त त्यागेको आरोप लगाउँदै केन्द्रीय सदस्यदेखि जिल्ला नेतृत्वसम्म असन्तुष्ट नेताहरुको समूह फोरम नेपालमा प्रवेश गरेको हो ।

फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित पार्टी प्रवेश समारोहमा नेकपा मालेका केन्द्रीय सदस्य आङ्छिरिङ शेर्पा लामा र अधिवक्ता समेत रहेका मालेका केन्द्रीय सदस्य कृष्ण शर्माको नेतृत्वमा माले परित्याग गरी सक्रिय नेता कार्यकर्ताहरुको समूह फोरम नेपालमा प्रवेश गरेका हुन् ।

मालेका केन्द्रीय सदस्यहरु शिव शिवाकोटी, अभिषेक कोइराला, केन्द्रीय पार्षद् पेमा तामाङ्, पार्षद् बालकृष्ण विक फोरम नेपाल प्रवेश गरे । त्यस्तै, जिल्ला सदस्य दावा शेर्पा (दोलखा), गोकर्णका नगरसचिव मधुशुधन कुइकेल, दोलखाका शंकर शिवाकोटी र टेकप्रसाद शिवाकोटी, मोहन थापा, कुमार बुढाथोकी, लक्ष्मीदेवी गौतम, लालमणी गौतम, पार्षद् काइला तामाङ, बिष्णु जोशी, टिका बहादर मिजार र श्रीमान राई फोरम नेपालमा प्रवेश गरेका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माले परित्याग गरी आएका नेताहरुलाई टिका लगाएर पार्टीमा भित्र्याएका छन् । पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपमहासचिव दानबहादुर विश्वकर्मा, केन्द्रीय सदस्यहरु गणेश योञ्जन, नहेन्द्र प्रधान, आङदेण्डी शेर्पा, भीम राई, रेखा यादव, विष्णु बस्नेत र सांसद राधा विश्वकर्मा समेत सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ