arrow

‘नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध थप सुदृढ’

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
nepal-china-flag.jpeg

काठमाडौँ । चिनियाँ जनमुक्ति सेना स्थापनाको ९०औँ वार्षिकोत्सवका अवसरमा यहाँ स्वागत समारोह आयोजना गरिएको छ । 

यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी वरिष्ठ महासेनानी लिउ स्याओ क्वाङले आयोजना गरेको उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध पछिल्ला दिनमा थप सुदृढ हुँदै गएको बताए । 

हालै दुवै मुलुकका सेनाले गरेको सगरमाथा संयुक्त अभ्यासले सम्बन्धलाई थप प्रगाढ तुल्याएको बताउँदै उनले चिनियाँ रक्षामन्त्रीबाट केही महिनाअघि भएको नेपाल भ्रमणले दुवै देशका सैनिकबीचको सहकार्य र पारस्परिक विश्वासलाई प्रवद्र्धन गरेको उल्लेख गरे । 

नेपालका लागि चीनका राजदूत यु होङले राष्ट्रिय प्रतिरक्षा चिनियाँ सेनाको मूल लक्ष्य रहेको बताउँदै संयुक्त राष्ट्रसंघीय शान्ति सेनामार्फत विश्वशान्ति प्रवद्र्धनमा चिनियाँ सेनाल् अग्रपंक्तिमा रहेर काम गरिरहेको जानकारी दिए । 

वरिष्ठ महासेनानी लिउले सि चिनफिङको सबल नेतृत्वमा चिनियाँ सेनाले शान्ति र समृद्धिको चाहनालाई मुखरित गरिरहेको छ भने । 

समारोहमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वरक्षामन्त्री, पूर्वप्रधानसेनापति, नेपाली सेनाका उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ