पत्रकार महासंघ उपत्यका प्रदेश सदस्यमा युनियनबाट झा
प्रकाशित २०७४ साउन १७ मंगलबार
989
Shares
काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा नेपाल प्रेस युनियनले उपत्यका प्रदेश सदस्यमा श्रीजन झालाई उठाउने निर्णय गरेकोछ । आगामी भदौ ४ र ५ गते हुने महाधिवेशन तथा नयाँ नेतृत्व चयनमा सम्पूर्ण पत्रकारहरु सक्रिय रहेको सन्दर्भमा पत्रकार महासंघ उपत्यका प्रदेशका लागि सदस्यमा लोकतान्त्रिक पत्रकारहरुका तर्फबाट नेपाल प्रेस युनियन उपत्यका समन्वय समितिले झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकपछि नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिका संयोजक निरज खतिवडाले जारी गरेको विज्ञप्तीमा मंगलबारको युनियनको पूर्ण बैठकबाट महासंघ काठमाडौं शाखाबाट सभासद् श्रीजन झालाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको जनाईएको छ ।