arrow

जनकपुर–जलेश्वर सडकखण्ड समयमै बनाउन अन्तरिम आदेश

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
suprem-court.jpeg

काठमाडौँ । सर्वोच्च अदालतले जनकपुर–जलेश्वर सडकखण्ड तोकिएको मितिमै निर्माण सम्पन्न गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज तोकिएको समयमै गुणस्तरयुक्त सडक निर्माण गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

आदेशमा तोकिएको समयमै सडक निर्माण कार्य सम्पन्न गर्न तथा एक वर्ष बितिसक्दा पनि उक्त सडक निर्माण हुन नसक्नुको कारण देखाउनसमेत भनिएको छ । निर्माणमा रहेको चार लेनको सडकखण्डमा तत्काल एक लेन ग्राभेल सम्पन गर्नसमेत आदेशमा भनिएको छ । 

जनकपुर जलेश्वर सडकखण्ड तत्काल निर्माण सम्पन्न गर्न माग गर्दै अधिवक्ता दीपेन्द्र झाले यही साउन ८ गते रिट निवेदन दायर गरेका थिए। निवेदनमा समयमा सडक निर्माण हुन नसक्दा हिलाम्मे र खाल्डाखुल्डी भएको सडकका कारण दुर्घटना बढेकाले गम्भीर मानवअधिकार उल्लङ्घनको रक्षा गर्न माग गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ