arrow

मसालका महामन्त्री सिंह कड्किए –मत सीमाको प्रावधान अनुपयुक्त

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
mohan-bikran-news-a.jpeg

काठमाडौँ । नेकपा मसालले राष्ट्रिय पार्टी बन्न निर्वाचनमा एक सिट प्रत्यक्ष जित्नुपर्ने तथा खसेको सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने गरी ल्याउन लागेको विधेयक उपयुक्त नभएको ठहर गरेको छ । 

मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा एक सिट प्रत्यक्ष जित्नुपर्ने तथा तीन प्रतिशत मत ल्याउनुपर्ने दोहोरो प्रावधान विश्वमै कहीँ नभएको बताए । 

यसको उद्देश्य भिन्न मत राख्ने राजनीतिक पार्टी वा सङ्गठनलाई सखाप गर्नु रहेको विज्ञप्तिमा जिकिर गरिएको छ । विज्ञप्तिमा प्रत्यक्ष रूपले निर्वाचित राष्ट्रप्रमुखको नीति उपयुक्त नभएको तथा यसले देशलाई अधिनायकवादतर्फ लैजाने उल्लेख छ । 

यस्तै भरतपुरको मतगणनाबारे सर्वोच्चको फैसला उपयुक्त नभएको सो पार्टीले ठहर गरेको छ । अहिले संविधान संशोधनभन्दा प्रादेशिक तथा संसदीय चुनावमा मुख्य जोड दिनुपर्ने महामन्त्री सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ