arrow

महासचिव बानद्वारा श्रीलङ्काको सुधार योजनाको प्रशंसा

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
banki-moon.jpg.jpeg
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको महासचिव बान कि मुनले श्रीलङ्काको सुधार योजनाको प्रशंसा गर्नुभएको छ । बिहीबार महासचिव बानका प्रवक्ताद्वारा शुक्रबार जारी गरिएको वक्तव्यमा बानले श्रीलङ्कको सरकारको बृहद् सुधार योजना र यसको राष्ट्रिय सम्पादनका लागि आह्बान गरिएको प्रयासको प्रशंसा गर्दै यसले आफूलाई उत्साहित बनाएको जनाइएको छ । 
 
बानले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना यहाँका सरकार र जनतालाई पहिलो वर्षको सङ्क्रमणलाई सफलरुपमा पूरा गरेकोमा बधाई दिनुभएको छ । वक्तव्यमा भनिएको छ, ‘श्रीलङ्काको सुधार योजना स्थायी शान्ति राष्ट्रिय स्थिायित्व र उन्नतिका लागि’ लक्षित भएको भन्दै यसमा संयुक्त राष्ट्रसङ्घको सृजनात्मक सहयोग रहने बताइएको छ । 
 
महासचिव मुनले श्रीलङ्काको सरकारले सबैका लागि स्वीकार्य दिर्घकालिन राजनैतिक समाधानको लागि गरेको प्रयन्त र संवैधानिक सुधारको प्रयासमा संयुक्त राष्ट्रसङ्घको सहयोग रहने प्रतिवद्धता जनाउनुभएको वक्तव्यमा छ । सम्बद्ध सबै पार्टी तथा सङ्घसंस्थालाई सुधार प्रयासका लागि सहभागिता एवम् विश्वसनीय वातावरण बनाउन आग्रह गर्नुभएको वक्तव्यमा जनाइएको छ । 
 
गतवर्ष राष्ट्रपतिका रुपमा कार्यभार सम्हालनुभएको श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले यहाँको करिब तीन दशक लामो गृहयुद्धको अन्त्यतिर भएको भनिएका युद्धअपराधको निष्पक्ष छानबिनका लागि आन्तरिक (घरेलु) संरचना बनाउन छानविन समिति बनाई आगामी हप्तादेखि सुधार प्रयास थाल्ने हालै घोषणा गर्नुभएको छ । 
 
यसैबीच, सरकारले युद्धबाट विस्थापित भई अलिहेसम्म पनि शरणार्थी शिविरमा झुपडीको बासमा बस्न बाध्य नागरिकलाई लक्षित गरी आवस निर्माणका लागि जमिन उपलब्ध गराउन सरकारले निर्णय गरिसकेो मन्त्री तथा सरकारका प्रवक्ता रजिता सिनारत्नेले बताउनुभयो । सन् २००९ को मे महिनामा अन्त्य भएको सरकारी सेना तथा तमिल टाइगर विद्रोहीबीचको द्वन्द्वमा करिव ४०,००० तामिल समुदायका नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ