arrow

 कन्याममा २४ हजार पर्यटक

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
illam-chiyabagan.jpeg

इलाम । गत आर्थिक वर्ष २०७३-७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । इलाम भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ । 

मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउछन् । सूचना केन्द्र जोरकलशका गगन घिमिरेका अनुसार २९ हजार ८२९ महिला र ३६ हजार ४७० पुरुष गरी कुल ६६ हजार २९९ जनाले इलामको भ्रमण गरेका थिए । 

पर्यटकले पाथीभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल, श्रीअन्तु करफोक र माईपोखरीको भ्रमण गरेका थिए । इलाम हुँदै पर्यटक फिदिम ताप्लेजुङ र तेह्रथुमसम्म पुग्ने गरेका छन् । सत्र हजार १९२ जनाले पशुपतिनगरको, इलाम सदरमुकामको १७ हजार ५५६ जनाले, फिक्कलको चार हजार ३३२ जनाले तथा ७४४ जनाले अन्तु क्षेत्रको भ्रमण गरेका थिए । गत आवमा १५४ विदेशी पर्यटकले इलाम भ्रमण गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ