बाहिरी लगानी आकर्षित गर्न प्रशासनिक झन्झट हटाउछु : प्रधानमन्त्री देउवा
प्रकाशित २०७४ साउन १८ बुधबार
502
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई देखिएको प्रशासनिक झन्नझट तत्काल हटाउने बताएका छन् ।
वुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको लगानी बोर्डको २७अाैँ बैठकमा बोल्दै प्रधानमन्त्रीले लगानीमैत्री वातावरण बनाउन आवस्यक ऐन–कानुन संशोधन गर्न पनि सरकार तयार रहेको धारणा राखेका हुन् ।
‘अरु देशमा लगानीकर्तालाई रेड कार्पेटले स्वागत हुन्छ’ प्रधानमन्त्रीले भने, ‘हाम्रो देखिएको प्रशासनिक र कानुनी झन्झन अव हटाएर लगानीमैत्री वातावरण बनाउछु ।’
प्रधानमन्त्री देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गरेर रोजगारी सिर्जना गर्दै आर्थिक सृमद्धितर्फ अघि बढ्ने आफ्नो सरकारको लक्ष्य भएको बताउदै लगानीकर्तालाई ढुक्कसँग काम अघि बढाउन पनि आग्रह गरे । ‘अब लगानीकर्तालाई निरुत्साहित हुने कुनै पनि काम मेरो नेतृत्वको सरकारबाट हुदैन’ प्रधानमन्त्रीले भनेका छन्, ‘कहाँ के समस्या छ, त्यो समाधान गर्न सरकार तयार छ ।’
प्रधानमन्त्रीले लगानीमैत्री वातावरण नहुदा लगानीकर्ताहरु विदेशीने गरेको र त्यसका कारण लाखौ युवा बैदेशिक रोजगारीमा जानु परेको बताउदै रोजगारी स्वदेशमै सृजना गर्नेगरी सरकार लगानी आकर्षण गर्ने रणनीतिमा अघि बढेको सुनाए ।
प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण बनाएर केही वर्षमै लाखौको रोजगारी मुलुकमै सृजना गर्न सकिने धारणा समेत राखे । बैठकमा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पुर्वाधार तथा यातयात मन्त्री वीरबहादुर बलायर, संचार मन्त्री मोहनबहादुर बस्नेत, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, लगानी वोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारी, उद्योग बाणिञ्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, विभिन्न मन्त्रालयका सचिव लगायत उपस्थिति थिए ।