प्रधानमन्त्री फर्किएको केही घण्टामै मुग्लिन सडकमा पहिरो, बस–जीप पुरियो
प्रकाशित २०७४ साउन १८ बुधबार
568
Shares
चितवन । नारायणगढ–मुग्लिन सडकको तीन किलो र दुई किलोमा पहिरो जाँदा एक यात्रु बस र एक जीप पुरिएको छ । सडकमाथिबाट पहिरो आएपछि ना६ख ७१२१ नम्बरको बस र बा१५च ९३८१ नम्बरको जीप पुरिएको चितवन प्रहरीले जनाएको छ ।
बस र जीपमा रहेका यात्रु सबैको सकुशल उद्धार भएको छ । वुधबार दिउँसो मात्रै प्रधानभन्त्री शेरबहादुर देउवाले यो सडकमा जोखिम बढेको र काम नभएको भन्दै अनुगमन गरेका थिए ।
प्रधानमन्त्री अनुगमनमा गएकै बेला समेत एकाध ठाउँमा दिउँसै पहिरो गएको थियो । प्रधानमन्त्री देउवा भौतिक पूर्वाधारमन्त्री विरबहादुर बलायरसहित मन्त्रालयका कर्मचारी र आयोजनाका कर्मचारीसहित अनुगमन गर्न पुगेका थिए ।