arrow

नागरिकताका अभिलेख नै गायव,  बहानामात्र बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७४ साउन १९ बिहिबार
nagarikta.jpg

काठमाडौं । ‘सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी गर्दै थिए । 

जेठ अन्तिम साता गृह मन्त्रालयबाट काठमाडौं सीडीओमा सरुवा भएका पन्थी कार्यालयको बिजोकबारे खुलेरै प्रस्तुत भए ।

‘वर्षौंदेखिका नागरिकताका अभिलेख छन् तर सुरक्षित छैनन्, कसलाई दोष दिने ? म केही महिना बसेर सक्दिनँ, अन्य कर्मचारीले पनि के गरुन् ? अधिकांश अभिलेख धुजाधुजा छन् । कति धमिराले खाइसकेका छन्,, उनले भने, ‘कर्मचारी तीन–तीन महिनामा एउटा शाखाबाट अर्कोमा सरुवा हुने रहेछन् । अभिलेख सुरक्षा गर्ने कसले ?’

०४० देखि ०४६ सालसम्मका नागरिकताको अभिलेख नै गायब भएको कुरा उठाएपछि सीडीओ पन्थीले स्विकारे । लगत्तै उनले नागरिकता फाँटका प्रशासकीय अधिकृत नवराज ढकाललाई कार्यकक्षमै बोलाएर सोधे, ‘०४० देखि ०४६ सालसम्मका नागरिकताको अभिलेख हराएको विषयमा गृह मन्त्रालयबाट समेत प्रस्टीकरण सोधिएको छ । कहाँ गए अभिलेख, कसरी हराए ?’

ढकालले सबै फाइल गायब नभई ०४१, ०४२ र ०४६ सालका केही चलानी फाइल फेला परेको तर काम नलाग्ने अवस्थामा रहेको उत्तर दिए ।

हजारौं सर्वसाधारणको नागरिकता लिएको प्रमाण नभएपछि सीडीओ कार्यालयमा तनाव छ । ‘म आएको एक वर्ष मात्रै भयो, यहाँका कर्मचारी तीन महिनामै परिवर्तन हुन्छन्, जिम्मेवारीबोध कसैलाई छैन, जबसम्म विद्युतीय प्रणालीमा अभिलेख राखिँदैन तबसम्म यो समस्या ज्युँका त्युँ रहन्छ’, ढकालले भने, ‘धन्न हामीले सेवाग्राहीलाई फर्काएका छैनौं ।’

नागरिकता फाँटमा पुग्दा पन्थी र ढकालको स्वीकारोक्ति पुष्टि भयो । खिया लागेका फलामे दराजमा गुजुल्टा पारेर, केही भुइँमै फालिएका, केही च्यातचुत परे झुत्राझुत्रा भएको अवस्थामा अभिलेख देखिए ।

गृह मन्त्रालयले नागरिकताको अभिलेख हराएको विषयमा सीडीओ कार्यालयसँग स्पष्टीकरण सोधेका छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ