arrow

 प्रेमी–प्रेमिकाद्वारा सामुहिक आत्महत्याको प्रयास, अवस्था दुवैको गम्भीर

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
lovers.jpg

रामेछाप । लामो समयदेखि गहिरो प्रेममा  डुवेका दुईजना युवा युवतीले सामुहिक विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । उनीहरुले साउन १८ गते दिउँसो जिल्ला प्रहरी कार्यालय रामेछाप नजिकैको खेतमा मेटासिट सेवन गरि आत्माहत्याको प्रयास गरेका हुन् ।

यसरी विष सेवन गर्नेहरुमा खाँडादेवी गाउँपालीका वडा नं ३  का अन्दाजी वर्ष ३६ का शुसिल परियार र मन्थली नगरपालीका ९ पुरानागाउँकि अन्दाजी वर्ष २९ कि वविता आरन रहेका छन् । 

उनिहरु दुवैले एकै पटक मर्ने योजना सहित विष सेवन गरेको आशंकामा  अचेत अवस्थामा तामाकोशि सहकारी अस्पताल मन्थलीमा पुर्याईएको थियो । 

उनिहरु दुवैको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि काठमाडौ पठाईएको र विरामी वुझ्ने आफन्त कोहि नआउने सुचना पाएपछि सिन्धुलीको खुर्काेटवाट मन्थली प्राथमिक सेवा केन्द्रमा उपचार गर्ने गरि फर्काईएको तामाकोशि सहकारी अस्पताल मन्थलीका डा केशव धामीले बताए । 

उनिहरु मध्ये प्रेमि परियारको अवस्था भने निकै जटिल रहेको छ । उनिहरु दुवै तर्फ २ – २ जना छोरा छोरी रहेका छन् । दुवैजनाले आफना छोरा छोरिलाई अलपत्र अवस्थामा छाडेर ४ महिनाअघि पुनः विवाह गरेका थए ।

पुरानागाउँकै भुपेन्द्र गिरि संग ७ वर्षअघि  विवाह वन्धनमा वाँधिएकी वविता र शुसिला विच भुपेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा रहेको वेलामा फेसवुक मार्फत  प्रेम चक्कर  चलेको र एक अर्का विच छुटिनसक्ने अवस्था भएपछि उनिहरुको प्रेम विवाहमा परिणत भएको उनिहरुको पारीवारीक स्रोतले जनाएको छ ।
 
 सदरमुकाम  आउँदै गरेका यात्रीहरुले उनिहरु दुवैजनालाई छटपटाई रहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको र प्रहरीको समेत सहयोगमा उपचारको लागि अचेत अवस्थामा तामाकोशि सहकारी अस्पताल मन्थलीमा पुर्याईएको  प्रहरीले जनाएको छ  । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ