२ नम्बर प्रदेश काँग्रेसको भोट बैंकः महामन्त्री कोइराला
प्रकाशित २०७४ साउन १९ बिहिबार
455
Shares
गौशाला । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताएका छन्।
सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यस प्रदेशलाई प्रदेश भोट बैंकको रुपमा लिने गरेको उनको भनाई छ। बर्दिवास काँग्रेसले आयोजना गरेको प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केरालाले सो धारणा राखेका हुन्।
सबै वर्ग जाति र समुदायका साथै आन्दोलनरत पक्षका संविधान संशोधनलगायतका माग काँग्रेसले नै पूरा गर्ने भएकाले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण बहुमतका साथ जिताउन आग्रह गरेका छन्। कैरालाले अन्य प्रदेशमा भएको स्थानिय तहको निर्वाचनमा अन्तर्धात भएकाकारण काग्रेस पछि परेको आरोप समेत लगाएका छन्।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १५० जनाले नेपाली काँग्रेस प्रवेश गरेका थिए