arrow

सडकको खाल्डे पोखरीमा डुबेर चार बालिकाको मृत्यु

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
rautahat.png

काठमाडौं । सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर रौतहटमा  चार बालिकाको मृत्यु भएको छ । रौतहट गरुडा नगरपालिका वडा नम्बर–४ मा सडकमा बनेको खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

१२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता, ९ वर्षीया सुनैना, ९  वर्षीया सुस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गरुडादेखि पानीट्याङ्की जोड्ने निर्माणाधीन सडकमा बनेका खाल्डोमा उनीहरु डुबेका हुन् ।

उनीहरु एकै परिवारको दाजुभाइका छोरी हुन् । सुनैना जोगेन्द्र साहकी छोरी हुन् भने संगिता र सुनिता रामएकवाल र सुस्मिता प्रेमनारायणकी छोरी हुन् ।

विहान १० बजेतिर घास काट्न निस्किएका उनीहरु घर नआएपछी खोज्दै जाँदा पानीमा डुवेको अवस्थामा भेटिएको गरुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिए । जमेको पानीमा पौडी खेल्ने क्रममा चार बालिकाको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ