arrow

सुशीला कार्की पनि सडकमा, डा. केसीको मागमा खुलेरै समर्थन

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
sushila-karki1.jpg

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको मागमा खुलेरै समर्थन गरेकी छन् । कार्की शनिबार डा. केसीका माग सम्बोधन गर्न दबाब दिन भन्दै सडकमै उत्रिइन् ।

डा. केसीको समर्थनमा शनिबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा कार्की पनि सहभागी भएकी हुन् । मानवअधिकारकर्मी कृष्ण पहाडी, सुवोधराज प्याबुरेलसँगै कार्की समेत प्रदर्शनमा सहभागी भइन् ।

अधिकारकर्मीहरुले ‘म केसीसँगै छु’ लेखिएको ब्यानर बोकेका थिए  । व्यानरको बीचमा कार्की समेत देखिन पुगिन् । संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक माथेमा आयोगले दिएको प्रतिवेदनको मर्म र आफ्नो सुझाव अनुसार पास गरिनु पर्ने भन्दै केसी १३ दिनदेखि आमरण अनसनमा छन् ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ  । शुक्रबार केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । बैठकले डा. केसीलाई अनसन तोड्न आह्वान गरेपनि चिकित्सा विधेयक पास गर्ने सम्बन्धमा भने कुनै प्रगति गरेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ