arrow

सप्तरीमा बम विस्फोट, चार प्रहरी घाइते, प्रहरी भ्यानमा क्षति 

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
cooker_bomb.jpeg

राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा शनिबार राति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । 

इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । 

इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । 

उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट जानकारी प्राप्त भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ