-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सोमबार श्रावण शुक्ल पूर्णिमा अर्थात् रक्षाबन्धन । तराई क्षेत्रका विभिन्न २० जिल्लामा रक्षाबन्धनका लागि सरकारले सार्वजनिक विदा दिएको छ ।
सोमबार चन्द्रग्रहण लाग्ने हुँदा पञ्चांग निर्णायक समितिका अनुसार प्रायः क्षेत्रमा नागपञ्चमीकै दिन रक्षाबन्धन मनाइएको थियो ।
तराई क्षेत्रका केही जिल्लामा भने सोमबार नै रक्षाबन्धन मनाउन लागिएको छ ।
झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
भारतमा पनि सोमबारै रक्षाबन्धन मनाइरहेका छन् ।