आज राती लाग्दैछ चन्द्र ग्रहण, ग्रहणको समयमा के गर्ने के नगर्ने ?
कुन् कुन् राशीको लागिको शुभ छ चन्द्र ग्रहणको फल
प्रकाशित २०७४ साउन २३ सोमबार
419
Shares
काठमाडौं । श्रावण २३ अर्थात् सोमवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । राती ११ बजेर ७ मिनेटमा लागेर मध्यरातको १२ बजेर ६ मिनेटमा मध्य हुँदै राती १ बजेर ४ मिनेटमा मोक्ष हुनेछ।
यो रात ग्रहण १ घण्टा ५७ मिनेट लाग्नेछ । यो ग्रहण लागेको बेलामा मेष ,कन्या ,मीन राशि भएका व्यक्तिहरुलाई बिशेष असर गर्ने शास्त्रीय तथा ज्योतिषीय मान्यता रहेको छ। त्यस्तै, श्रावण नक्षत्र र मकर राशी भएका व्यक्तिहरुलाई अतिकष्ट हुने योग रहेको छ। अरुहरुलाई भने सामान्य लाभ वा हानी हुनेछ। त्यसैले यो बेलामा गंगा स्नान ,जप ,हवन ,पाठ - पारायण ,दान - धर्म गरेमा अरुबेलामा गरेको भन्दा अधिक फल प्राप्त हुने मान्यता रहेको छ। यो ग्रहण लागेको बेलामा के - के गर्नुहुँदैन र ग्रहण लागेको बेलामा के - के गर्नु पर्दछ ?
अर्थात् यो बेलामा सुतेमा रोग लाग्दछ, दिसा-पिसाव गरेमा दरिद्र हुन्छ ,त्यसपछि दिसा - पिसावको किरोको योनीमा जन्महुन्छ, मैथुन गरेमा अर्को जन्ममा पशुको रुपमा जन्म हुन्छ, शृङ्गार वा गाजल लगाएमा कुष्टिरोगी भर्इन्छ,भोजन गरेमा अधोगति {पतन }हुन्छ, बन्धनमा बसेमा सर्पको रुपमा जन्म हुन्छ । बिज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानु भनेको छ। त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नु पर्दछ।
राशीहरुलार्इ चन्द्रग्रहणको फल -
मेष राशि - सुख
वृष राशि - माननाश :
मिथुन राशि - कष्ट
कर्कट राशि - स्त्रीपिडा :
सिंह राशि - सौख्य
कन्या राशि - चिन्ता
तुला राशि - व्यथा
वृश्चिक राशि - लक्ष्मी प्राप्त
धनु राशि - क्षति :
मकर राशि - घात :
कुम्भ राशि - खर्च
मीन राशि - लाभ