arrow

फ्रान्सका राजदूतले यातायात मन्त्री बलायरलाई भेटे

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
balayer_mn.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायर र नेपालका लागि फ्रान्सका राजदूत एभेस कारमोनाबीच भेट्वार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुरा भएको छ ।

भेटमा राजदुत कारमोनाले काठमाडौँमा सम्भावित केवुलकारका विषयमा कुराकानी भएको हो । यस्तै, राजदुत कारमोनाले अन्य पूर्वाधारका विषयमा समेत फ्रान्स सरकारको सहयोग रहने प्रतिवद्धता जनाए ।

भेटमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बलायरले नेपालको विकासमा फ्रान्स सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए । मन्त्री बलायरले आगामी दिनमा समेत फ्रान्ससँग सहयोगको अपेक्षा गरे ।

अमेरिकी राजदुतावासका नियोग उपप्रमुखसँग पनि भेट
मन्त्री बलायर र अमेरिकी राजदुतावासका नियोग उपप्रमुख माइकल सी गोन्जालेसबीच पनि भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हितका बिषयमा कुराकानी भयो । भेटमा अमेरिकी सरकारको सहयोगमा स्तरीकरण हुन लागेको हेटौडा–भीमफेदी सडक, धरान–बसन्तपुर सडक, कदमाहा–गाइघाट सडक र अमेलिया–धानखोला–ताप्लेजुङ सडकको विषयमा कुराकानी भएको छ ।

यो सडकको स्तरीकरणका लागि अमेरिकी सरकारले झण्डै साढे पाँच अरब रुपियाँ  सहयोग गर्ने भएको छ । नियोग उपप्रमुखले अन्य पूर्वाधारका विषयमा पनि अमेरिकी सरकारको सहयोग रहने प्रतिवद्धता जनाए । भेटमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बलायरले अमेरिकी सहयोगका लागि धन्यवाद दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ