arrow

दुई महिनालाई “पानी जहाज” बन्द

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन २३ सोमबार
kaligandaki_ship.JPG

स्याङ्जा । कालीगण्डकीमा लगातार परेको बर्षाका कारण पानीको बहाव बढेसँगै दुई महिनाका लागि स्टिमर (पानी जहाज)सेवा बन्द गरिएको छ । हरेक बर्षाद समयमा कालीगण्डकीमा पानीको बहाव बढेसँगै नियमित बन्द हुदै आएको स्टिमर सेवा यो बर्ष पनि दुई महिनाका लागि बन्द गरिएको हो ।

पानी जहाजको रुपले पनि परिचित स्टिमर सेवा बन्द हुँदा स्याङ्जा पर्वत, वागलुङ र गुल्मीका यात्रुहरु बर्षायमा सगै मर्कामा पर्दै आएका छन् । कालीगण्डकी गाँउपालिका १ आँधीमुहानबाट संचालन हुने स्टिमर एशियाकै ठुलो शालिग्राम रहेको सेतीबेणी सम्म चल्ने गर्दछ । ढुवानी र यात्रु बोक्ने सेवा प्रदान गर्दै आएको स्टिमर सेवा बन्द हुदा विरामी, खाद्यन्न र आवतजावतमा हरेक बर्ष दुई महिना सेवा लिने वासिन्दा मर्कामा पर्दै आएका छन् । बैकल्पीक मार्ग नभएकाले पनि यहाँका वासिन्दालाई स्टिमर सेवा प्रभावकारी हुदै आएको छ ।

कालीगण्डकी कोरीडोर भए पनि प्रसस्त सवारी नचल्दा यहाँका वासिन्दालाई स्टिमरले सेवा पुर्‍याउदै आएको छ ।कालीगण्डकीमा पानीको सतह बढ्दै गएको छ शिला शालिग्राम कालीगण्डकी जलयातायात समितिका अध्यक्ष डोलराज भट्टराईले भने,“नदीमा पानीको बहाव बढ्न साथ कालीगण्डकी‘ए’ जलविद्युतले ढोका खेलेपछि असुरक्षित हुने भएकाले बन्द गर्नुपर्छ ।”ढोका नखुल्दा पानीको बहाव नहुने र खोल्दा बहावले स्टिमरलाई चलाउन जोखिम हुने भएकाले दुई महिना स्टिमर बन्द हुने गर्छ भट्टराईले भने । बर्षाको समयमा कालीगण्डकीमा पानीको बहाव उच्च र नदीले जमिन कटान गर्न सुरु गरेपछि स्टीमर राख्ने ठाँउ नहुँदा निकै कठिन भएको समितिले जनाएको छ । उनले नदीमा पानीको बहाब घटे पश्चात सामान्यतया असोज, कार्तिक महिनाबाट पुन संचालन गरिने बताए ।

स्टीमर सेवा संचालन हुदाँ स्याङ्जाको पिडिखोला र निवुवाखर्क, पर्वतको शालिग्राम, बराहचौर, वहाकी, रानीपानी, टकलाक, हुवास, गुल्मीको अर्बेनी, जयखानी, पुर्तिघाट, फोक्सिङ, हर्मिचौर, लुम्पेक सहित तथा बाग्लुङका जैदी, छिस्दी र राङखानीका स्थानिय बासिन्दाले यातायात भन्दा सस्तो र छिटो छरितो सेवा लिदै आएका छन् । पर्यटकीय दृष्टिले यो यात्रा गर्न देश भित्र र बाहिरबाट पर्यटकहरु पनि आउने गर्दछन् । एशियाकै ठुलो शालिग्राम शिला भएकाले पनि धार्मिक पर्यटकहरु स्टिमर चढेर सेतीबेणि पुगेर शिला दर्शन गर्न आउने गर्दछन् । स्टिमर सेवा बन्द भएपछि धार्मिक पर्यटक सगै आवातजावत गर्ने सर्वसाधरणहरु हिड्न बन्द भएपछि व्यवसायमा पनि कमी आएको छ । करिव ७ किलोमिटर यात्रा गर्न पाईने स्टिमरले करिव ४५ मिनेटमा गन्तव्यमा पुर्‍याउने गर्दछ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ