arrow

महासंघले सार्वजनिक गरेको प्रतिवेदनप्रति युनियनको ध्यानाकर्षण

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौँ । नेपाल प्रेस युनियनले पत्रकार महासंघका केन्द्रीय सदस्य सुरज आचार्यबारेमा सार्वजनिक गरेको प्रतिवेदनप्रति ध्यानाकर्षण गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले मंगलबार एक विज्ञप्ति जारी गरी महासंघले सार्वजनिक गरेको छ बुँदे प्रतिवेदनले आरोपित आचार्यलाई सुनपानी छर्केर चोख्याउने प्रयास भएको उल्लेख गरिएको छ ।

महासंघको प्रतिवेदनमा परिस्थितिजन्य कारण र दबाबमा परी ग्यारेजमा कुरा गरेको बताए पनि त्यो के परिस्थिति र दबाब हो भन्ने कुरा नगरी अमूर्त नै राखिएकाले यसमा संलग्नलाई समेत महासंघले उन्मुक्ति दिन खोजेको युनियनले जनाएको छ ।

नेपाली पत्रकारितालाई नै लज्जित बनाउने यो घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि युनियनले महासंघलाई पुनः आग्रह गरेको छ । साथै, पत्रकारको आचारसंहिताको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपाललाई पनि यस विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित प्रकाशित एक समाचारको विषयमा न्यूज अभियान डटकममा अख्तियारले प्रहरी परिचालन गरी मानसिक तनाब दिएको भन्दै दुःख व्यक्त गरेको छ ।

युनियनले आज एक विज्ञप्ति जारी गरी आयोगका गतिविधि र कारबाहीका बारेमा समाचार प्रकाशित गरेकै आधारमा अख्तियारले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई परिचालन गरी कार्यालयमा छापामार शैलीमा गएर समाचारको प्रमाण माग्दै धम्क्याएको भन्दै आपत्ति जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ