arrow

न्याय माग्दै जबर्जस्ती करणी उद्योगबाट पीडित बालिका

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
mahotari_eakdara.png

गौशाला। महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् । 

स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको मौकामा आएर उनलाई आँगनमा लछारपछार गर्दै लडाएर लुगाफाँटा च्यातिदिएको, शरीरभरि घाउ बनाइदिएको र संवेदनशील अंग समातेर जबर्जस्ती करणीको प्रयास गर्दा चिच्याएपछि छिमेकी आइपुगेकाले पिडक भागेको उनले बताइन् । 

जिल्ला प्रहरी कार्यालयमा मंगलबार पुगेकी पीडित बालिकाको जाहेरी समेत प्रहरीले दर्ता गर्नुको साटो स्थानीयस्तरमा रहेको आफ्नो मातहतको प्रहरी चौकीले बालिका विरुद्ध जबर्जस्ती करणी उद्योग नभएको केवल दुबै जनाबीच झै-झगडा र गालीगलौज भएको जनाएको जानकारी दिएको छ । 

घटनालाई स्थानीयस्तरमा दुबैका पक्षबाट आएका नेता र बुद्धीजीवी तथा सरदुमकाममा समेत राजनीति गर्ने नेता मिलाउने पक्षमा जुटे पनि आफू कुनै पनि हालतमा यस घटनामा मिलापत्र नगर्ने जिद्दी गरेपछि उनीहरुबीच मिलापत्र हुनसकेन् ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ